पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा डुबेका मानीसको पहीचाहन खुल्यो
पोखराको फुर्सेखोलामा पौडी खेल्न जादा डुबेका व्याक्तीको पहीचाहन खुलेको छ । पोखरा महानगरपालिका वडा न ८ बगलेटोल बस्ने बर्ष १६ का विवेक कुंवर भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएस्पी श्रवणकुमार विकले बताएका छन ।
पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्न गएका ४ जना मध्य एक जना युवा बेपत्ता भएका थिए ।वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा स्कुटरको हेलमेट र चापि फेला पारेको थियो ।घटनास्थल भन्दा केहि माथी सडकमा रहेको स्कुटरमा चापीले खोल्ने प्रयास गर्दा चापी मिलेको थियो । त्यसपछि प्रहरीको टोलीले स्कुटर बैदाम लगेको थियो भने स्कुटरको माध्यमबाट सम्पूर्ण विवरण पत्ता लगाएको छ ।
नेपाल प्रहरीको तालिम प्राप्त टोली र सशस्त्र प्रहरीको पोखरा ५ मालेपाटनमा रहेको कालिका गणको तालिम प्राप्त गोताखोरको टोलीले रातीको समयमा पनि पानी मुनी गएर खोजीकार्य अगाडी बढाएको थियो । अक्सिजन सिलिन्डर र टर्च बत्तीको सहायतामा खोजि गर्दै जाने क्रममा सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले शव फेला पारेको हो ।