News Portal

श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजित एक महिने श्रीमदवीतक सम्पन्न

५ पटक

पोखरा ।

पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा सम्पन्न भएको छ । गत असार ३१ गते देखि सुरु भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य तथा श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मीले एक महिने श्रीमदवीतक चर्चा सभ्य र भब्य रुपमा सम्पन्न भएको बताए । श्रीमदवीतक चर्चामा प्रमुख बाचिकाको रुपमा साध्वी उर्वशी माताले सरल रुपमा बुझ्ने तरिकाले प्रवचन प्रदान गरेर भक्तजनहरुलाई मोहित पारेको बताए । श्रीमदवीतक समापन संगै श्रीकृष्ण पारायणका लागि समेत सम्पूर्णको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमदवीतक चर्चामा सुनेका कुरालाई ब्यवहारमा उतार्न सके जीवन सफल हुने बताए । त्यस्तै पूर्व अध्यक्ष लिलाम्बर सापकोटाले विगतका वर्षहरुमा जस्तै श्रीमदवीतक चर्चा यसपटक पनि सभ्य र भब्य ढंगले सफल भएको बताए । श्रीमदवीतक संगै श्रीकृष्ण प्रणामी मन्दिरमा १२ महिना विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको समेत उनले बताए ।

त्यस्तै समितिका सल्लाहकार विष्णु पहारीले श्रीमदवीतक चर्चा सफल बनाउन सम्पूर्णको साथ र सहयोग रहेको र यसलाई निरन्तरता दिन सम्पूर्णलाई आग्रह गरिन । समितिका पुर्व अध्यक्ष बलराम सुवेदीले श्रीमदवीतक चर्चा कार्यक्रम भब्य र सभ्य तबरले सम्पन्न भएको र आगामी दिनमा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रम संयोजक केशब बरालले एक महिना सम्म सम्पन्न श्रीमदवीतकमा सवैले बुझने गरी साध्वी उर्वशी माताले प्रवचन प्रदान गरेको र आफुहरुले सहज रुपमा बुझने मौका पाएको बताए । त्यस्तै बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुलीले सम्पूर्णको साथ र सहयोगमा कार्यक्रम सम्पन्न गराउन सफल भएको बताइन । आगामी दिनमा पनि सम्पूर्णको साथ र सहयोग पाउनेमा आफु विश्वस्त रहेको उनको भनाइ थियो ।

युवा परिषदका अध्यक्ष तोयानाथ सापकोटाले श्रीमदवीतकमा सिकेका कुरालाई ब्यवहारमा उतार्न आवश्यक रहेको बताए । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले एकमहिने श्रीमदवीतक चर्चा कार्यक्रम सफल बनाउन गठन गरिएको विभिन्न उपसमितिहरुकै कारण कार्यक्रम सफल भएको बताए । आगामी दिनमा आयोजना गरिने कार्यक्रममा समेत सम्पूर्णको साथ र सहयोग आवश्यक रहने बताउदै ढकालले कार्यक्रममा प्रवचन प्रदान गर्ने उर्वशी माता, बाध्यवादनमा साथ दिने कलाकारलाई समेत धन्यवाद ब्यक्त गरे ।

यसैविच श्रीकृष्ण जन्माष्टमीको दिन शनिवार बिहान श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा रक्तदान कार्यक्रम र सांझ श्रीकृष्ण प्रकाट्य उत्सवको आयाजना गरिने समितिका सचिव लक्ष्मण बरालले बताए ।

प्रतिकृया दिनुहोस्