News Portal

बरपीपल रिसोर्ट पोखराले मनायौ छैटौँ वार्षिकोत्सव

३ पटक

पोखरा, २९ साउन ।
पोखराको लेकसाइडमा रहेको वरपीपल रिसोर्टले छैटौं वार्षिकोत्सव मनाएको छ ।

बार्षिकोत्सवको अअवसरमा रिसोर्टले स्थापनाकाल देखि सेवा गर्दै आएका नौँ जना कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, पर्शुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायकराम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय, चिन्मे विश्वास रहेका छन्।

रिसोटले हरेक महिना उत्कृष्ट कर्मचारी सम्मान गर्ने गरेको छ । जस अन्तरगत साउन महिनाको उत्कृष्ट कर्मचारी लेखा शाखाका होमनाथ पराजुली सम्मानित भए । सम्मानित सबैलाई रिसोर्टका अध्यक्ष अमरजंग गुरुङ (जितु) र म्यानेजर पदमप्रसाद न्यौपाने सम्मान गरे ।

रिसोर्टमा प्रत्यक्ष रुपमा ७० जना कर्मचारी कार्यरत छन् । सुविधा सम्पन्न रिसोर्टमा ४५ वटा रुम रहेको रिसोर्टका फ्रन्ट अफिस म्यानेजर कमल पौडेलले जानकारी दिए । ४५ रुम मध्ये एक्जुकेटिभ स्वीट रुम १, जुनियर स्वीट रुम ३, सुपर डिलक्स ९ र बाँकी डिलक्स रुमहरु रहेका छन् ।

यसैबीच, वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कर्मचारी मध्य निशान्त घले पुरस्कृत भए । संचालक गुरुङले घान्द्रुकमा पनि नयाँ होटल सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ।

यस्तै रिसोर्टले लमजुङ दोर्दी गाउँपालिकाको लक्ष्मी माविमा बिद्यार्थीहरुलााई खेल पोशाक सहित शैक्षिक सामाग्रि सहयोग हस्तान्तरण गरेको छ । रिसोर्टले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत बिद्यालयमा १ सय २० जनालाई ट्याकसुट तथा टिसर्ट साथमा कपी सहयोग गरेको रिसोर्टका आवासिय प्रबन्धक पदम न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस्