News Portal

पोखरामा नगरबसको कालो धुँवा आतंक (भिडियोसहित)

४ पटक

पोखरा ।
पोखरामा हरिया बसको कालो धुँवा आतंक नयाँ विषय हैन । तर राज्यका नियमनकारी निकायले यसमा खासै ध्यान दिन सकेका छैनन्।

बसले कालो धुवाँ पुत्याउँछ, त्यसको पछि मोटरसाइकल, स्कुटरमा हिँडेकाहरु मुस्लोमै हराउँछन् । त्यो बसको पछिपछि साना सवारीमा यात्रा गरिरहेकाहरु र पैदल हिँडिरहेकाहरुलाई सास फेर्नै अप्ठेरो पार्छ । हरिया रङका नगर बसले धुँवाको मुस्लो फाल्दै कुद्ने यस्तो दृश्य सडकमा दिनहुँ देखिने गरेको छ ।

व्यवस्थापनमा निकम्मा बनेको भन्दै पोखरेलीले आक्रोश पोखिरहेका छन् । पोखराका नगर बसले सहरमा आतंक मच्चाउँदा पनि ट्राफिक प्रहरी, पोखरा महानगर र प्रदेश सरकार सबै मौन छन् चुइक्क बोल्दैनन् ।

उता व्यवसायी भने बसले धुँवा फाल्नु आफ्नो हातको कुरा नरहेको बताउछन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले नयाँ गाडीले समेत धुँवा फाल्ने समस्या आएको बताए । जति बनाए पनि गाडीले धुँवा फल्न छाडेन हामी कहाँ जाने गुरुङले भने ।

यातायात कार्यालयले बेला बखत छड्के अनुगमन गरे पनि सडकमा भने कालो धुँवा फाल्ने गाडीको संख्या घट्न सकेको छैन ।

नगर बस मात्र हैनन्, बेगनास पोखरा, स्थानीय यातायात कम्पनी लगायतका कम्पनीका गाडीले समेत धुँवाको मुस्लो फाल्दै हुइकने गरेका छन् ।

प्रतिकृया दिनुहोस्