
पोखरा १७, साउन ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले अमरजंग गुरुङ (जीतु) को अध्यक्षतामा गण्डकी प्रदेश कमिटी गठन गरेको छ । पोखरामा शनिबार भएको भेलाले गुरुङकोे अध्यक्षतामा निर्विरोध रूपमा प्रदेश कमिटी गठन गरेको भेलाका संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
कमिटिको बरिष्ठ उपाध्यक्षमा हरी भुजेल, उपाध्यक्षमा द्धयमा शान्ती श्रेष्ठ उदास र सुनिल न्यौपाने र महासचिवमा चिरञ्जीवी गौतम रहेका छन् । सचिव द्धयमा प्रसुन भण्डारी, राजकुमार सुनार, कोषाध्यक्षमा पोषराज पौडेल, सह–कोषाध्यक्षमा रुद्र रेग्मी चयन भएका छन् । यस्तै कृष्णप्रसाद आचार्य समितिको प्रवक्ता चयन भएका भए । कमिटिको सदस्यहरुमा अस्मिता लामिछाने, भुपेन्द्रकुमार लामा, रमेशप्रसाद भुर्तेल, हरी लामिछाने, गोपालकृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, आशुतोस प्रधान र सुरेन्द्र कुँवर रहेका छन् ।
फिने विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न प्रदेशमा समिति गठनमा लागेको छ । यस पहिले फिनेको बागमती प्रदेश गठन भएको थियो । । फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्यअनुसार कमिटी गठन गरिएको बताए ।
फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल हो ।
भेलाको उद्याटन गदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वदेश नेपालमा लागनी गर्नका लागि पर्यप्त सम्भावनाहरु रहेको बताए । पाण्डेले नेपालमा केही हुदैँन भन्ने नकारात्मक सोँचको विकास भइरहेको भन्दै त्यसलाई चिर्न केही गर्न सकन्छ भन्ने आट लिएर अगाडी बढ्न युवाहरुलाई आग्रह गरे । विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्न पाण्डेले आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सम्भावना रहेको बताए । नेपाललाई अगाडी बढाउन नेपालीले नै लगानी गर्न प्रयास गर्नुपर्ने उनको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले विदेशबाट समेत लगानीका लागि व्यवसायीहरु आइरहेको जानकारी दिए ।