News Portal

घर फर्किन चाहदैनन् हायू परिवार

७६ पटक

पोखरा १३, साउन ।

सिन्धुलीबाट तीन दिन देखी हराएका हायू परिवारका १६ जना पोखरामा भेटिए । सोमबार देशभर चर्चा भयो । चर्चा मात्र हैन १६ जनाको जम्बो परिवार नै सम्पर्कबिहिन हुदाँ धेरैलाई चिन्तित बनायो । देशै भरि प्रहरी परिचालन भयो ।

शनिबार देखी हराएका सिन्धुली हायू परिवारका १६ जना पोखरामा भेटिए । सोमबार दिनभर राष्ट्रिय मिडियामा चर्चा भयो । चर्चा मात्र हैन १६ जनाको जम्बो परिवार नै सम्पर्कबिहिन हुदाँ धेरैलाई चिन्तित बनायो । देशै भरि प्रहरी परिचालन भयो । सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य पोखरा महानगरपालिका ३० गगनगौंडामा फेला परे ।

साउन १० गते सिन्धुलीको गोलन्जोरबाट एकाएक सम्पर्कविहीन भएको उर्मिला हायूको परिवार सोमबार राती पोखरामा फेलापरेको हो । उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए ।

उनीहरुले २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार पोखरा आएका थिए । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएका थिए त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।

बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् । आफ्नो गाउँ छेत्पामा पटक–पटक बिरामी पर्ने समस्याले सताएपछि गाउँ नै छाडेर हिँडेको उर्मिला हायूले बताइन् । उनीहरुले अब आफ्नो पुरानो थातथलोमा नफर्किने बताएका छन् । परिवारका सदस्यले पोखरामा काम गर्नका लागि आएको बताएका छन् । पाँचओटा कोठा भाडामा लिएर उनिहरु पोखरामा नै बस्न थालेका छन् ।

सिन्धुलीको छेत्पामा आफुहरु असुरक्षित रहेको उनिहरुको भनाई छ । श्रीमानको मृत्यु भएको घटनाले दुखीत भएको श्रीमती उर्मिला हायू बताउ छिन् । तर श्रीमानको मृत्यु कसरी भयो भन्ने उनि खुलाउन चाइनन् । घरमा आगो लागेको विषयमा सोध्दा उनिहरु जानकारी नभएको बताए ।

पोखरा महानगरपालिका–३०, गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले मंगलबार आफन्तको जिम्मा लगाएको छ । वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीसहित अन्य स्थानीयको रोहबरमा आफन्त धनबहादुर तामाङ र अमिस तामाङको जिम्मा लगाएको हो । परिवारका १६ जना भनिए पनि पोखरामा फेला पर्दा उनीहरुको संख्या १९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्