News Portal

विदेशी मुद्राको अवैध कारोवारमा संलग्न ३ जना पक्राउ

९१ पटक

जिल्ला प्रहरी कार्यालय कस्कीले  गरेको छ । अबैध विदेशी मुद्राको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले पोखरा–१७ पार्दीविरौटाबाट साउन १० गते उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले करिब ७६ लाख नेपाली रुपैया बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार कार्यालयमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार उनीहरुको साथबाट ७५ लाख ९६ हजार ९ सय रुपैया बरामद भएको छ ।

बरामद रकम मध्य १९ हजार ६ सय अमेरीकी डलर, ३२ सय युरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रुपैया रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ घर भएका महुमुद्धीन एम अहमद, झापा दमक नगरपालिका ४ घर भएका राजकुमार बुढाथोकी, पोखरा महानगरपालिका १९ घर भएका खेमराज पौडेल रहेका छन् ।

राजकुमार हिलारी मनि चेन्चरका संचालक हुन् भने खेमराज सगरमाथा मनि चेन्जरका संचालक हुन् । नेपाली रुपैया दिने, डलर साट्ने र डलर विदेशमा समेत लैजाने गरेको खुलेको प्रहरीले जनाएको छ । राष्ट्र बैंक ऐन अन्र्तगत कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिएको ओलियाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्