News Portal

घरायसी विबादले श्रीमतीको हत्या भिडियो सहित

८९ पटक

 

कास्की प्रहरीले श्रीमतिको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जङ्गे सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले जानकारी दिए । पोखरा महानगरपालिका वडानम्बर २७ रिठ्ठेपानी शान्ति खहरे टोलमा सुकुम्वासीमा टहरो बनाएर सार्की दम्पती बस्तै आएका थिए । जग्गा विक्रीको विषयमा विवाद हुदाँ श्रीमती जंमुना नेपालीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

साउन ६ गते मदिरा सेवन गरी घरमा पुगेका सार्कीले श्रीमतीसंग विवाद भए पछि श्रीमतीको टाउकोमा मुक्का प्रहार गरी भित्तामा टाउको ठोकिदिएका थिए । टोउकोमा रगत जमेर उनको मृत्यु भएको पोष्टमाटम रिपोर्ट रहेको प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।

नेपालीको मृत्यु भएको घटना भने गुपचुप रहेको थियो । उनको घरबाट दुर्घन्ध आए पछि स्थानीयले साउन ८ गते प्रहरीलाइ खबर गरेका थिए । प्रहरी उनको घर पुग्दा मृत अवस्थामा शव फेला परेको थियो । सोही दिन नै सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तब्य ज्यान सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याथ थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । हेर्नुहोस स्थलगत रिपोर्ट भिडियोमा

प्रतिकृया दिनुहोस्