Skip

News Portal

अनलाईन ज्ञाम खेलाउने ५ जना पक्राउ ३० करोडको संकास्पद कारोवार भिडियो सहित

साथीन्यूज संवाददाता
२० पटक

२५ फागुन, पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अनलाइन मार्फत जुवा खेलाउने ५ जनालाई पक्राउ गरेको छ । यही फागुन २३ गते पोखरा महानगरपालिका वडानम्बर १४ बाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडानम्बर १४ घर भएका रुपेन्द्र जिसीसहित ५ जना रहेका छन् । जिसी अमेरीकाम बस्दै आएको र हाल पोखरा घरमा आएको बेला प्रहरीले जिसी सहित विक्रम बानिया, रोजन केसी, सञ्जय घिमिरे र सन्दिप कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए ।

जिसी आइटीमा पिएचडीको क्रममा अमेरीकामा रहेको पाइएको छ । १० वर्ष पहिले अमेरीका पुगेका उनले नै संगठीत रुपमा जुवा खेलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बाइट…. श्यामबाबु ओलिया प्रमुख, जिल्ला प्रहरी कार्यालय, कास्की

गोप्य सूचनाको आधारमा रुपेन्द्रको घरमा पुगेको प्रहरीले नगद ७५ हजार सहित ३१ थान मोबाइल, ४ थान ल्याप्टप, ३ थान कम्प्युटर सिपियु, आइप्याड, ४ थान राउटर लगायतका इलेक्ट्रोनिक्स सामान प्रहरीले बरामद गरेको छ ।

दैनिक तीन सिफ्टमा २४ घण्टाना जुवा खेलाउने र एक सिफ्टमा कम्तीमा ३ हजार अमेरीकी डलकको अनलइन जुवा खेलाउने गरेको ओलीयाले बताए ।

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा (सट्टाबाजी) कसुरमा उनिहरुलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले इन्सुरेन्सको लोभमा परी आफ्नै पसलमा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्युरोडमा शर्मा आइटी हब संचालन गरीरहेका पर्शाका रमेश शर्मा लोहार रहेका छन् । न्युरोडमा रहेको उनको पसलमा यही फागुन १६ गते अगालागि भएको थियो ।

उनले शिखर इन्स्योरेन्स कम्पनीमा पसलको एक करोडको विमा गराएको र दावी पेस गरेका थिए । प्रहरीको अनुसन्धानले उनले नियोजित रुपमा आफै आगो लगाएको देखाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओलीयाले जानकारी दिए ।

आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । ।

 

प्रतिकृया दिनुहोस्