
पोखरा, ९ असार ।
पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो ।
ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम दिइएको हो ।
पोखरा महानगरपालिका वडानम्बर १८ को मेथलाङ्को भिरमा तालिम दिइएको हो । थ्री सिस्टर एड्भेन्चर ट्रेकिङले उक्त भिरलाई रक क्लाइम्बिङको प्रशिक्षण स्थालको रुपमा संचालन गदैँ आएको संचालक लक्की क्षेत्रीले जानकारी दिइन् ।
नयाँ युवालाई पर्यटन तर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको अयोजना गरिएको हो टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । रक क्लाइम्बिङ ट्रेकिङको विधा पनि हो आचार्यले भने पर्यटक पथ प्रदर्शक, ट्रेकिङका गाइडको लागि रक क्लाइम्बिङलाई एउटा पेसाको रुपमा विकास गर्न सकिन्छ ।
टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पाले रक क्लाइम्बिङको तालिम दिएका थिए ।
ट्रेकिङ जादा आउन सक्ने जोखिमलाई मध्यनजर गरी रक क्लाइम्बिङमा तालिम दिएर्को रक क्लाइम्बिङका प्रशिक्षक लामाले बताए । विश्वभर रक क्लाइम्बिङको क्रम बढ्दै गएको र नेपालमा पनि रक क्लाइम्बिङ गर्ने पर्यटक बढ्दै गएको छ लामाले भने नेपालमा पनि यसले व्यवसायीकता लिने विश्वास व्यक्त गरे ।
प्रशिक्षक शेर्पाले २ स ३० प्रशिक्षार्थीलाई दुइ दिनेमा क्लाइम्बिङको वेसीक तालिम दिइने बताए ।
२५ दिने तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् ।