
पोखरा, ३० जेठ ।
पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सरोकारवालाहरुले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र पथप्रदर्शक (गाइड) बिना पदयात्रामा जान नपाउने व्यवस्था लागु गर्न माग गरेका छन् ।
गण्डकी प्रदेशमा कार्यरत तालिम प्राप्त पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइडहरुसंग पेशागत अवस्थाका वारेको अन्तरक्रिया कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।
नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्नुपर्ने बताए । अहिले गइडको लाइसेन्स नभएकाले पनि पथ प्रदर्शकको काम गरिरहेकाले यसलाई कडाई गरिनुपर्ने उनिहरुको भनाई थियो ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सचिव इन्द्रप्रसाद बस्यालले लाइसेन्स प्राप्त गाइडहरुलाई प्राथमिकता दिनुपर्ने बताए । सरकारले लाइसेन्स दिएको छ तर काम गर्न लाइसेन्स नभएकाले गरिरहेको छ भने के मान्यता भयो, बस्यालले भने ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नेपाल आउने पर्यटक ट्रेकिङका लागि आउने भएकाले पदमार्गको संरक्षण र विकास हुनुपर्ने बताए । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लागु गर्न टानले निरन्तर प्रायस गरिरहेको र अहिले प्रधानमन्त्री कार्यालयमा पुगेर छलफलमा रहेको आचार्यले जानकारी दिए ।
नेशनल पार्क र संरक्षित क्षेत्रमा गाइड अनिर्वाय गर्न आचार्यले सरकारको ध्यानाकर्षण गराए । पदयात्रामा जानका लागि अनिर्वाय गाइडको निर्णय भए पनि चेकपोस्ट स्थापना गर्न नसक्दा कार्यान्वय आउन नसकेको उनले गुनासो गरे ।
नेपाल पर्यटन बोर्डले टान र मजदुर संगठनहरुको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड)बिना पदयात्रामा जान नपाउने नियम लागू गरेको थियो । पछिल्लो समय उक्त नियम कार्यान्वयनमा आएको छैन ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथुम)का विभागिय प्रमुख अजयकुमार ढकालले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न गुणस्तरीय तालिम आवश्यक पर्ने बताए । त्यसका लागि नाथुमले तालिमको आयोजना गरिरहेको जनानकारी दिए । जस अन्तरगत ट्रेकिङ गाइड र टे«किङ पोर्टर गाइड अहिले पोखरामा नै संचालन गरिएको ढकालको भनाई थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायाण क्याम्पसका सहप्रध्यापक दिपक वास्तोला, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले गैह्कानुनी रुपमा काम गर्नेहरुले संरक्षण पाउदा लाइसेन्स प्राप्त गाइडहरुले रोजगार पाउन नसकेको बताए ।
कार्यक्रममा बोल्ने मजुदुर संग संगठनका नेताहरुले सामाजिक सुरक्षाका वारेमा चासो व्यक्त गरेका थिए । सिजनको बेलामा मात्र काम गरेर जिविको पार्जनमा समस्या हुने गरेको उनिहरुको गुनासो थियो । अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विष्णु देवकोटाले पर्यटन श्रमिकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध गराउ
नाथुम, काठमाडौँको आयोजनामा टान गण्डकीको समन्वय र नेपाल पर्यटन बोर्ड, गण्डकी कार्यालयको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।