News Portal

एम्बुलेन्सको तरकारी पोखरामा खोसाखोस (भिडियो सहित)

५१ पटक

पोखरा महानगर पालिकामा कृषि एम्बुलेन्स संचालनमा छ । गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी लिन आउनेको हानथाप चल्यो, घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा स्थानिय खुसी छन् ।

स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । यतिबेला तरकारी लिन आउने स्थानियको खोसाखोस चलेको छ हेरौ भिडियोमा

प्रतिकृया दिनुहोस्