
पोखरा ।
अबैध रुपमा नदीजन्य पर्दाथ ओसार–पसार गरेको भन्दै कास्की प्रहरीले ५४ वटा ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार पोखरा प्रवेश गर्ने विभिन्न नाकाबाट प्रहरीले ती गाडी नियन्त्रणमा लिएको थियो ।
वर्खाको समयमा नदिजन्य पर्दाथ उत्खनन र ओसारपसार गर्न नपाइने भए पनि निर्वाधरुपमा ओसारपसार र विक्रीवितरण गरेको पाइए पछि प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका गाडी वडाप्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय बैदाम, वडाप्रहरी कार्यालय रामबजार र डाँडाँकोनाकमा राखिएको छ ।
वर्खा लाग्नु भन्दा पहिले नै उत्खनन भएको नदिजन्य पर्दाथको स्टक क्लियरेन्स गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, स्टक क्यिर पनि नगरेको र सम्बन्धित निकायमा पनि स्टक मालको वारेमा जानकारी नदिए पछि प्रहरीले एक्सन लिएको बताइएको छ ।
नियन्त्रणमा लिएका ट्रक प्रहरीले पोखरा महागरको जिम्मा लगाएको छ ।
उता क्रसर व्यवसायी र सवारी धनीले भने विलभरभाइ चुस्त भएका सवारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन् । प्रहरीको नियन्त्रणमा लिएका सवारी छुटाउन भन्दै पोखरा महानगरपालिकामा पुगेका व्यवसायीले मेयर धनराज आचार्यलाई सहजिकरण गर्दीन आग्रह गरेका छन् । मेयर आचार्यले प्रकृया पुरा गरेर आफ्ना सवारी लैजान व्यवसायीलाई भनेका छन् ।