News Portal

नदीजन्य निर्माण सामाग्री ओसार पसार तथा बिक्री वितरणमा पोखरा महानगरले देखायो चासो

२८ पटक

पोखरा ।

पोखरा महानगरपालिकाले नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसार पसार नगर्न अनुरोध गरेको छ ।

बुधबार एक सूचना जारी गदै महागनरले नदी नदीजन्य निर्माण सामाग्री ओसार पसार तथा बिक्री वितरण कार्यलाई थप व्यवस्थित गर्न तथा अवैध उत्खनन तथा ओसार पसारलाई निरुत्साहन गर्न भन्दै सूचना जारी जारी गरेको छ ।

तपसिलका बुँदाहरू अनिवार्य पालना गरी ओसार पसार तथा बिक्री वितरण गर्नुहुन महानगरको आग्रह छ ।

मंगलबार प्रहरीले विभिन्न स्थानबाट पोखरा बजार तर्फ आइरहेका नदीजन्य पदार्थ बोकेका ट्रक कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बर्खाको समयमा नदीजन्य पदार्थ उत्खनन्का लागि असार १ गतेबाट भाद्र मसान्तसम्मका लागि सरकारले रोक लगाउदै आएको छ । व्यवसायीले भने बिल भरपाई भएका सवारीलाई नियन्त्रणामा लिइएको आराप लगाएको छ ।

प्रतिकृया दिनुहोस्