पोखरा ।
पोखरा महानगरपालिकाको सेदीमा प्रहरी बिटको उद्याटन गरिएको छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीमा एनपिआर सिसिटीभी जडित नवनिर्मित प्रहरी विटको गण्डकी प्रदेश प्रहरी प्रमुख ९डिआइजी० प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलले उद्याटन गरेका हुन् ।
उद्याटन कार्यक्रममा बोल्दै रावलले पर्यटकीय नगरी पोखरामा शान्ती सुरक्षा कायम गर्न प्रविधिको साथ आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका वडानम्बर ६ का सदस्य रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली र बिभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारी, बिभिन्न आमा समूहका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कास्की प्रहरी प्रमुख ओलीयाले स्थानीय जनता र सबैको सहयोगमा डिजिटल चेकपोष्टको रुपमा विटको स्थापना गरिएको बताए । आधुनिक क्यामराबाट रातिको अवस्थामा पनि त्यस क्षेत्रको निगरानी गर्ने छ । अपराध अनुसन्धानमा प्रविधि सहयोगी हुने ओलीयाले बताए ।
१२ वटा सिसिटिभी क्यामेराको सोर्सको उक्त विटबाट निगारानी हुने छ । स्थानीयको सहयोगमा बिट निर्माण गरिएको हो ।