News Portal

‘अब गाउँछ अमेरिका’ : न्यू ह्याम्पसायरमा तीज विशेष सांगीतिक धमाका

४ पटक

पोखरा ।
नेपाली लोक र आधुनिक संगीतको रौनक सहितको ‘अब गाउँछ अमेरिका’ नामक बृहत् सांगीतिक कार्यक्रम आगामी भदौ १४ गते, शनिबार ९अगष्ट ३०० मा अमेरिकाको न्यू ह्याम्पसायरस्थित म्यानचेस्टरमा हुने भएको छ ।

एभरेष्ट कल्चरल ग्रुप – अमेरिका को आयोजनामा मुर्रा ब्रदर्स एनएच र एनएच दिदीबहिनी समूहको सहआयोजनामा तीजको पावन अवसरमा यो विशेष सांस्कृतिक उत्सव आयोजना गर्न लागिएको हो।

कार्यक्रम म्यानचेस्टर कम्युनिटी म्युजिक स्कूलको हलमा दिउँसो ५ बजेदेखि सुरु हुने जानकारी गराइएको छ । यसमा नेपालका चर्चित कलाकारहरू — वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी, लोकप्रिय गायक प्रताप दास, सुमधुर स्वरकी धनी गायिका एलिना चौहान र लोकदोहोरी गायिका कला लम्सालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।

आयोजकका अनुसार तीजको अवसरमा नेपालबाट आएका कलाकारहरूले अमेरिकास्थित नेपाली समुदायलाई भरपूर मनोरञ्जन दिनेछन्। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने टिकट बिक्री समेत उत्साहजनक रहेको छ।

एभरेष्ट कल्चरल ग्रुप अमेरिका र एनएच दिदीबहिनी समूहकी अध्यक्ष किरण गुरुङले यो कार्यक्रमले नेपाली मौलिक संगीतको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । मुर्रा ब्रदर्स एनएचका अध्यक्ष सोम गुरुङ ले समुदायको माया र उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताए।

आयोजक संस्थाका महासचिव साथै चर्चित कलाकार एवम् कार्यक्रम उदघोषक सुरेन्द्र गुरुङले अमेरिकामा रहेका सबै नेपालीलाई यस ऐतिहासिक अवसरको साक्षी बन्न आग्रह गरेका छन् । यो उत्सवले संगीतको माध्यमबाट टाढा रहेका नेपाली मनहरूलाई जोड्ने पुलको काम गर्ने विश्वास उनको छ ।

प्रतिकृया दिनुहोस्