
पोखरा ।
२०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग सुधार परियोजना अन्तरगत स्तरोन्नतिको क्रममा रहेको छ ।
यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ ।
यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआइआइबी) ले चासो देखाएको छ । हाल १५७ किलोमिटर रहेको यो सडक स्तरोन्नति सहित वैकल्पिक मार्गहरू समेत निर्माण गरी छोट्टाउन सकिने विकल्पका बारेमा पनि अध्ययन भइरहेको छ ।
अध्ययन अनुसार २३ किलोमिटर सुरुङ मार्ग, ०.८६ किलोमिटर पुल, २.९५ किलोमिटर वायाडक्ट, ७४ किलोमिटर स्तरोन्नति र ११.७ किलोमिटर नयाँ सडक निर्माण गर्दा कुल लम्बाई ११२.८१ किलोमिटर हुनेछ । सडक सबै मौसममा सुचारु रहने डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गर्ने योजना रहेको छ ।
एआइआइबीको तर्फबाट स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्ट ९क्अजभ्ःक्० ले स्वअध्ययन गरिरहेको छ । उक्त टोलीले शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरी पोखरा खण्डका विषयमा छलफल गरेको छ ।
छलफलका क्रममा सडकको स्तरोन्नति आवश्यक रहेको भन्दै नगर प्रमुख आचार्यले पोखरा खण्ड विस्तारका लागि आवश्यक सहयोग र सहजिकरणका गर्न आफूहरू तयार रहेको बताउनुभयो । पोखरा महानगरपालिकाको वडा नं.१७, २१ र २२ का विभिन्न स्थानहरू हुँदै जाने सडक खण्डमा स्थानीय समस्याहरू समाधानका लागि तत्पर रहेको उहाँले बताउनुभयो ।
पोखराको पृथ्वीचोकदेखी हालको सिद्धार्थराज मार्ग स्याङ्जा फेदिखोलासम्म पुग्दा नयाँ एलाइनमेन्ट अनुसार दुरी र समयका हिसाबले निकै छोटो पर्नेछ ।
करिब ६ घण्टा लाग्ने पोखरा–बुटवल सडकको यात्रा सडकको स्तरोन्नति पश्चात् २.५ घण्टामा पुरा हुनेछ । शुक्रवार नै नगर प्रमुख आचार्यले सम्बन्धित वडाका अध्यक्षहरूलाई प्राविधिक टोलीसहित स्थलगत अनुगमनका लागि निर्देशन गर्नुभएको छ । यो सडकको स्तरोन्नतिले आधुनिक विकाससँग सामुदायिक पहुँच स्थापित गर्नेछ ।
टोलीमा स्कुल अफ एजुकेसन साइन्स एन्ड म्यानेजमेन्ट ९क्अजभ्ःक्० का डा।तेज बहादुर कार्की, अजय भक्त माथेमा, प्रतीक कर्माचार्य र विनोद अर्याल रहेका थिए ।