
पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को सातौं बैठक सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, , प्रदेश लोक सेवा आयोगका अध्यक्ष, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू लगाएतको उपस्थिति रहेको थियो ।
परिषद्का सचिव तथा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म हाँसिल गरेका उपलब्धीहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
प्रस्तुतीकरणका क्रममा कार्यकारी निर्देशक तिवारीले प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास र शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।
परिषद्ले प्रतिष्ठानको गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्नुका साथै चालु आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ ।
त्यसैगरी, बैठकले प्रशिक्षण प्रतिष्ठानको आर्थिक विनियमावली २०८२ स्विकृत गरेको छ ।