साथीन्यूज संवाददाता
व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य भरत केसीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरामा अलौकिक शक्तिको माध्यमबाट भेटर वा टिकटकबाटै जुनसुकै रोग पनि निकोपार्न सक्ने भन्दै सस्मान्त गुरुलाई ल्याई गैर कानूनी रुपबाट रकम असुलेको कारण उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोली पुगि उनलाई नियन्त्रणमा लिई थप सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लगिएको छ ।