News Portal

अमेरिका बस्ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गर्ने पोखराका युवक पक्राउ

साथीन्यूज
१४१ पटक

अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गर्ने पोखराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले कास्की जिल्ला पोखरा महानगरपालिका -१९ लामाचौर निवासी २३ वर्षीय आशिष परियारलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार युवकले प्राविधिक सबुत, प्रमाण र ह्‍यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्‍याक गरी सरसहयोगको विभिन्न बहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेका थिए।

उनले एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गरेको भन्ने उजूरीका आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट दुई दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्