News Portal

अपहरणमा परेको नाटक गर्ने ६ जना पक्राउ

साथीन्यूज
२८३ पटक

अपहरणमा परेको भनि नाटक गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ चन्द्रागिरी नगरपालिक १३ पुरानो नैकाप स्थित कंकाली पिस ब्याम्बो रिसोर्टको अगाडी मानिस अपहरण भएको भन्ने सुचना दिई अपहरणमा परेको नाटक गर्ने उनिहरुलाई पक्राउ गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका
सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनिहरुले मंगलबार अपहरणको नाटक गरेका थिए । घटना अपहरण नभई लेनदेन कारोबार रहेको भन्ने अनुसन्धानको क्रममा खुलेको राठौरले जानकारी दिए ।
पक्राउपर्नेमा काठमाण्डौ चन्द्रागिरी न।पा। १३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती ५ घर भई हाल काठमाडौ बस्ने ३३ वर्षीय दिलिप बिक, सर्लाही बर्हथवा न।पा।६ घर भई हाल बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, भोलान, काभ्रे खानिखोला गा।पा। १ बस्ने ४२ वर्षीय जगत बहादुर, काभ्रे बनेपा न।पा।६ का बस्ने ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ् थाक्रे गा।पा। ५ घर भई हाल कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन ।

प्रतिकृया दिनुहोस्