News Portal

तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते

साथीन्यूज
२२७ पटक

तनहुँ : चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुरमा शनिबार राती आठ वर्षीया एक बालिका घाइते भएकी छिन।

बन्दीपुर गाउँपालिका–४ टावर की बालिका रियाना थापालाई शनिबार साँझ ८ः३० बजे चितुवाले आक्रमण गरेर घाइते बनाएको हो। घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती मेडिकल हलका सञ्चालक एवं बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए ।

बुबाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको हो । बुबाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको परिवारलाई उद्धृत गर्दै थापाले बताए ।

पछिल्लो केही वर्ष यता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्