News Portal

हँसिया प्रहार गरी श्रीमानको हत्या

साथीन्यूज
२७२ पटक

कैलालीमा एक महिलाले श्रीमानको हत्या गरेकी छन्।

कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया चुमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। आइतबार राति १२ बजेतिर दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गर्दा नारायणको मृत्यु भएको हो।

मृतक नारायणको टाउको र शरीर अलग पारिएको प्रहरीले जनाएको छ । हत्यापछि चुमा आफै प्रहरी कार्यालय पुगेकी हुन्। उनीहरूका ११, ७ र २ वर्षका छोरा छन् । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्