News Portal

अभिनेता पल शाहलाई अदालतमा उपस्थित नगराई मुद्दा दर्ता गरिएकोमा अधिबक्ता बिष्टको असहमति भिडियो सहीत

साथीन्यूज संवाददाता
१७६ पटक

मुद्दा दर्ता गर्ने बेला आरोप लागेका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित नगराइएकोम शाहअक्षीय अधिबक्ता बीबी बिष्टले असहमति जनाएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहिबार नवलपुर जिल्ला अदालतमा अभिनेता पल शाहबिरुद्ध कास्की जिल्ला घर भएकी किशोरी गायिकालाई जबर्जस्ती करणी गरेको भन्दै जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो। शाह पक्षीय अधिबक्ता बीबी बिष्टका अनुसार, मुद्दा दर्ता गर्ने बेला अभियुक्तलाई कि अदालतमै उपस्थित गराउनुपर्ने वा फरार उल्लेख गर्नुपर्ने संबैधानिक व्यवस्था छ। त्यही संबैधानिक व्यवस्थालाई बेवास्ता गर्दै अभियुक्त अभिनेता पल शाहलाई उनीविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता गर्दा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा उपस्थ्तित नगराएकोमा अधिबक्ता बिष्टले असहमति जनाए। जनसंचार डट कमसंग कुरा गर्दै अधिबक्ता बिष्टले अगाडी प्रश्न गरे,”जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएका अभियुक्त शाहलाई किन नवलपुर जिल्ला अदालतमा उपस्थित गराइएन ?के प्रहरी हिरासतभित्र भएका व्यक्तिलाई फरार सुचिमा राखेर मुद्दा दर्ता भएको हो त ?” प्रहरी हिरासतभित्र रहेका व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्दा अभियुक्तलाई सम्बन्धित अदालतमा उपस्थ्ति नगराउनु सरकारी वकिलको कार्यालय र अदालत पक्षबाट समेत त्रुटि भएको उनले औंल्याए।

त्यसो त अधिबक्ता बिष्टले एकै व्यक्तिले एउटै व्यक्तिविरुद्ध फरक फरक ठाउँमा एकै प्रवृत्तिको जाहेरी दिएको अवस्थामा मुद्दा चलाइएको प्रति पनि असहमति जनाए। यी दुवै बिषयमा आरोपित पल शाह र परिवारजनसंग सरसल्लाह गरेर अघि बढिने उनले स्पस्ट पारे।

प्रतिकृया दिनुहोस्