News Portal

बिचौलियाको रजगज, मन्त्रीको राजिनामा र पोखरा बाटुलेचौरको जग्गा विवादको वास्तविकता (भिडियो)

१६४ पटक

पाेखरा ।

केही दिन अघी सार्वजनिक भएको सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र विचौलियाको अडियोको कारण मन्त्री गुप्ताले आफ्नो पदबाट राजिनामा दिए ।

विचौलिया र मन्त्रीबिच भएको संवादको अडियोमा पोखरा बाटुलेचौरको जग्गा विचौलियाको योजनामा हडप्ने रणनीति भएको रहस्य खुलेको छ । दृष्यमा देखिएको जग्गा त्यही जग्गा हो जुन जग्गा निहित व्यक्तीको स्वार्थका लागि हडप्ने दाउ बनाउदा बिचौलिया र सामान्य प्रशासन मन्त्रीको गोप्य संवाद बाहिरियो ।

जसका कारण मन्त्री गुप्ताले मंगलबार मन्त्री पदबाट हात धुन पर्यो ।

पोखरा–१६ दीपको लिची बगैंचा बारीका रुपमा चिनिएको एक सय ६५ रोपनी जग्गा हडप्ने चलखेल बिचौलियाका माध्यमबाट कुनै एक पक्षलाई दिलाउने र मालामाल बन्ने योजना रहेको पुष्टि भएको छ ।

तत्कालीन राजा महेन्द्रले राणाहरुलाई बिर्ता दिए । त्यही जग्गा मध्य स्थानीय दुर्गा शाहले अदालतमा जग्गा पाउ भनि मुद्धा हालिन । २०४० सालमा चारकिल्ला छुट्टाएर अदालतले अहिले विवादित बनेको जग्गा शाहको पक्षमा आदेश गरेको भन्दै उनका नाती सुरज शाहले सम्पूर्ण जग्गाको अधिकार आफ्नो रहेको दावी गर्दै आएका छन ।

यता शाह परिवारले नै विचौलियाको आडमा जग्गा हत्याउन खोजेको भन्दै र बिचौलिया लगाएर मन्त्री राजकुमार गुप्ता मार्फत मालपोतमा अधिकृतलाई बिचौलियाले भनेको काम गर्न लगाएको आरोप छ । यो विषयमा दुर्गाका नाती सुरज शाह भने मन्त्रीसंग गोप्य कुराकानी गर्ने सुजन लामालाई मालपोत आउजाउ गर्दा चिनेको स्विकार गर्दै लामाले सहयोग गर्छु भनेको तर आफुले कुनै रकम नदिएको बताउछन् ।

यता शाह परिवारले आफ्नो भनी दावी गरे पनि उक्त जग्गा राजा महेन्द्रले दिएका व्यक्ती मार्फत पटक पटक किनबेच हुदैँ मुस्ताङका गौचन परिवारले भोगचलन गदै आएको देखिन्छ ।

२०३२ साल पछि पटक पटक भएका नापी र हालसावीमा कोही कसैले पनि जग्गा रोक्का र दावी गर्न नआएको तथा अहिले एक्कासी बिचौलियाको प्रलोभनले आफूहरुको बदनाम गर्न खोजिएको गौचन परिवारका जेष्ठ सदस्य इन्द्र गौचनको भनाई छ ।

गौचनका अनुसार खाली जग्गालाई आफुहरुले किनेर लिची लगायतका फलफुल बगैचा बनाइ सरकारको नियम वमोजिम अंसबण्डा गरी बसिएको छ ।

झण्डै पाँच दशक भन्दा पहिले देखि जग्गा किनबेच गरी भोगचलन गदै आएकोमा अहिले आएर एक्कासी विवाद खडा हुनु यो आफैमा संकास्पद छ । जसका प्रमुख पात्र बिचौलियाहरु हुन् भन्ने अडियोले नै प्रमाणित गरिसकेको छ ।

तर, पोखरा १६ का वडाध्यक्ष भने समाधानको बाटो तर्फ नभइ विवाद आए पछि सो जग्गाको विषयमा कुनै पनि कागजातमा हस्ताक्षर नगरेको भन्दै पानी माथिको ओभानो बन्दैछन् ।

यसरी सरसर्ती हेर्दा बिचौलियाहरुले मालपोत, नापी देखी मन्त्रीसम्म सेटिङ गरेर आफु अनुकुल कर्मचारी राखी जग्गा हत्याउन खोजेको देखिन्छ । त्यो हुन नसके पछि बिचौलियाले नै मन्त्रीसंगको गोप्य अडियो सार्वजनिक गर्दा व्यक्तीको जग्गालाई लिचीबोट काण्ड चर्चामा ल्याइएको छ ।

 

प्रतिकृया दिनुहोस्