News Portal

आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउछौं: ओली

साथीन्यूज
३१० पटक

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेश’ सरकार भन्दै आलोचना गरेका छन।

चितवन स्थित नारायणी नदि किनारमा चलिरहेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नेक्रममा ओलीले आफूहरु जनमतको सरकारको पक्षमा रहेको बताए।

‘मैले परमादेशबाट सरकार नबनाउँ भनेको हो। अब हामी चुनावको तयारी तर्फ जान्दैछौं। जनमततर्फ जाँदैछ,’ उनले भने। आउँदो चुनावमा एमालेले बहुमत ल्याउँने ओलीको दाबी छ। एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको भनाई छ।

त्यस्तै अध्यक्ष ओलीले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलनदेखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको बताए ।

उनले भनेका छन् , ‘आजका समस्याहरू ठीक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो ।’

त्यस्तै उनले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिने र सम्भव हुने व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा रहेको एमाले रहेको बताए ।

प्रतिकृया दिनुहोस्