News Portal

श्रीवृद्धि सहकारीको अध्यक्षमा मिन गुरुङ निर्वाचित

साथीन्यूज संवाददाता
५०६ पटक

पोखरा महानगरपालिका–१० अस्पतालचोकमा रहेको श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा युवा समाजसेवी मिनबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

सहकारीको आज सम्पन्न १३ औँ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले गुरुङलाई पुन ः आगामी तीन वर्षका लागि सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिव रामचन्द्र अधिकारी र कोषाध्यक्ष रुद्रनाथ अधिकारी निर्विरोध निर्वाचित हुनुभयो । सञ्चाल समितिको सदस्यहरुमा शंकर तिमिल्सिना,डा.विनिता कोइराला शर्मा,रामबहादुर केसी, भुमिजंग केसी र हरि गिरी रहनुभएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा रामचन्द्र ध्वजु तथा सदस्यहरुमा वसन्तराज गौतम र भुवनचन्द्र आचार्य निर्विरोध निर्वाचित हुनुभयो ।
शिक्षा समितिको संयोजकमा सरला तिमिल्सिना तथा सदस्यद्धयमा मञ्जु लामिछाने भण्डारी र रचना पोखरेल हुनुहुन्छ । महिला उपसमितिको संयोजक शान्ति सुवेदी तथा सदस्यद्धयमा सिर्जना गुरुङ र रमादेवी भण्डारी चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष मिनबहादुर गुरुङले सञ्चालक समितिलाई चुस्त दुरुस्त बनाउँदै व्यवस्थापनलाई कुशल अनुशासित इमानदार बनाउँदै संस्थाको क्षमता वृद्धि गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“सहकारी संस्थाको स्थितिलाई अझ बलियो बनाउनका लागि विगतका साधारणसभाको नीति अनुसरण गर्दै संस्थाको आफ्नै स्थायी सम्पत्तिको व्यवस्था गर्नेछु ।”

प्रतिकृया दिनुहोस्