News Portal

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अस्पताल भर्ना

साथीन्यूज संवाददाता
७३९ पटक

उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं उनका प्रे’स सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराई आज बिहान ९ बजे नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका हुन् ।

सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा। विक्रम भाटियाले भट्टराईको प्रारम्भिक परीक्षण गरेका थिए । भट्टराईले यसअघि ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा भट्टराईलाई न्यूरो–इण्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको छ ।

लामो समयदेखि पेटको समस्या पीडित भट्टराई थप उपचारका लागि आइतबार नयाँदिल्ली आएका हुन् । उनको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे समेत छन् । उनीहरु सबै जना दिल्लीस्थित नेपाली दूतावासमै बसेका छन् ।

प्रतिकृया दिनुहोस्