News Portal

२० औँ माछापुच्छे् फुल कन्ट्याक्ट एवम दोस्रो क्योकुसिन कराते सम्पन्न

साथीन्यूज संवाददाता
७५८ पटक

२० औँ माछापुच्छे् फुल कन्ट्याक्ट कराते तथा दोस्रो गण्डकी प्रदेश स्तरीय क्योकुशिन कान कराते प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा रंगशालामा सम्पन्न प्रतियोगिता अन्तर्गत यो वर्ष काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको थियो । अधिल्ला अधिल्ला वर्ष पोखरा १७ ढुङ्गेसाघुमा हुने उक्त प्रतियोगिता कोरोना कहरको विचमा पोखरा रंगशलामा आयोजना गरेको संघका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताको सिनियर ब्ल्याक बेल्ट लेभलको एकल पुरुष तर्फ विनोद नेगि पहिलो, सम्राट सेन दोस्रो तथा महिला तर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल दोस्रो भएका थिए । उनीहरुले कालो बेल्टको परिक्षा गर्नुपर्ने काता प्रदर्शन गरेका थिए । समुह महिला काता प्रतियोगिता तर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, दोस्रो प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली भयो ।
पुरुष ३ किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल पहिलो र सितल कुमाल दोस्रो भए । महिला तर्फको दौडमा संगम कुमाल पहिलो र सदिक्षा कुमाल दोस्रो हुन पुगिन् । १२ वर्ष मुनिका एक सय मिटर दौडमा सोभित प्रत्यल प्रथम भए । सुशान्त श्रेष्ठ दोस्रो हुन पुगे । सोहि विधाका महिला तर्फ भने सुआना श्रेष्ठ पहिलो तथा युइशा श्रेष्ठ दोस्रो हुन पुगिन् ।
यस भन्दा अघिका २९ औँ माछापुच्छे् फुल कन्ट्याक्ट कराते प्रतियोगिता सम्म प्रतियोगिताम फाइट गराइए पनि अहिले केही फरक गरेर प्रतियोगित गरिएको हो । लकडाउनको कारण खेलाडी शारिसरक रुपमा बलियो भएको कारण दौड, काता लगायतका विद्याको प्रतियोगिताको आयोजना गरिएको संघका सल्लाहाकर दिपक गोदारले जानकरी दिए । उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिताका विभिन्न विद्यामा सय जना खेलाडी सहभागी भएका थिए । म्याग्दी, स्याङ्जा, तनँहु, गोर्खा, कास्की बाग्लुङ लगायतका जिल्लाका खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्