
२४ फागुन, पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले उचालेको छ । मनोहर युवा क्लवको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो ।
जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो ।
उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
सान्त्वना हुने वडानम्बर २१ र २३ ले २०÷२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट सटर नगरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए । उनिहले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजेता, उपविजेता, शान्त्वना र उत्कृष्ट खेलाडीलाई कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रपति रामचन्द्र पौडेलका जल तथा वातावरण विज्ञ सल्लाहकार डा. परमेश्वर पोखरेल, वडानम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की, वडानम्बर १५ का अध्यक्ष तोरण वानिया, वडानम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, वडानम्बर १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सीना, वडासदस्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।