Skip

News Portal

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको तयारी पूरा

साथीन्यूज संवाददाता
१६० पटक

२१ फागुन, पोखरा ।

पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा हुने वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ वडाबाट सहभागिता रहने वडाध्यक्ष बोधबाहादुर कार्कीले जानकारी दिए ।

यही फागुन २२ देखी २४ गतेसम्म पोखरा महानगरपालिका वडानम्बर १४ मनकामना टोलमा रहेको मनोहर युवा क्लवको खेल मैदानमा खेल संचालन हुने छ ।

पोखरा महागरका प्रमुख धनराज आचार्यले प्रतियोगिताको उद्याटन गर्ने मनोहर युवा क्लवका अध्यक्ष तथा प्रचारप्रसार संयोजक रामजी जिसीले जानकारी दिए ।

खेलकुद विकास समिति पोखरा १४ का अध्यक्ष शिवशंकर जिसीले प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने जानकारी दिए ।

त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।

प्रतियोगितामा सहभागि हुने टिमले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना समावेस गर्न सक्नेछन् भने अन्य खेलाडी सबै वडाको स्थाइ वासिन्दा वा मतदाता हुनुपर्ने छ ।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ । खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता हुनेछ ।

प्रतिकृया दिनुहोस्