बिरुवा गाउँपालिका खेलकुद बिकास समितिकाे आयाेजनामा गाउँपालिका स्तरिय बिरुवा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङ चौकी मा वी पहिलाे भएकाे छ। ८४ नम्बर ल्याएर पहिलाे भएकाे भुरुङ चौकी मा वीले ३० हजार जितेकाे छ ।
५३ नम्बर ल्याएर दोस्रो भएकाे नवज्योति मावीले २० हजार रुपैयाँ जितेकाे छ । तेस्रो अरनिको मावि २९ नम्बर ल्याएकाे छ भने उस्ले १५ हजार रुपैयाँ जितेकाे छ । चौथो जीवन ज्वती मावी २४ नम्बर ल्याएर १० हजार रुपैयाँ जित्न सफल भएकाे छ । प्रतियाेिगतामा सहभागी १० विद्यालयले तयारी खर्च २० हजार पाएका थिए ।
सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिमखडाले संघियताले खेलकुद विकासमा सहयोग गरेको धारणा राखिन्छ । खेल क्षेत्र पुरस्कार लिन मात्र नभई युवालाई अनुशासन सिकाउन, बिकास गर्न, खेल क्षेत्र संग ब्यवसायीक बनाउन युवालाई खेलकुदमा जोडनुपर्ने मन्त्री सिमखडाले बताइन्।
गण्डकी प्रदेश सरकारले युवालाई खेलकुदमा जोड्न धेरै प्रतियोगिता आयोजना भएकाे जानकारी दिइन् । बिरुवा गाउँ पालिका अध्यक्ष सुर्य बहादुर कुवर पुष्पसदन खेलमैदानलाई पालिकाको रंगशालाको रुपमा बिकास गर्न चाहेको बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद उपाध्यक्ष धोज कुमार गुरुङ विद्यालय देखि खेलाडी उत्पादनमा सजिलो हुने । यहाँबाट उत्पादित खेलाडी राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने जानकारी दिए । पछिल्लो समयमा बिद्यालय देखि सिनियर खेलाडीलाई महत्त्व दिएर प्रतियोगिताहरु भैरहेको बताए ।
महिला पुरुष सय मिटर दौड, महिला पुरुष दुई सय मिटर दौड, महिला पुरुष चार सय मिटर दौड, महिला पुरुष आठ सय मिटर दौड, महिला पुरुष १५ सय मिटर दाैड, महिला पुरुष १००८४ मिटर रिले दौड, महिला पुरुष हाईजम्प, महिला पुरुष लङ्गजम्प, महिला पुरुष त्रिपलजम्प, महिला पुरुष सटपुट, महिला पुरुष ज्याभ्लिङ थ्रो, महिला पुरुष भलिबल, महिला पुरुष कवडी प्रतियोगिता भएकाे थियाे । प्रतियाेगितामा पहिलो हुनेले ५, दोस्रो हुनेले ३ र तेस्रो हुनेले २ नम्बरको आधारमा पहिलो दोस्रो तेस्रो नम्बर छुटाईएको छ ।