News Portal

खेलाडी सम्मान गर्ने प्रतिवद्धता पुरा भयो : मन्त्री सिंखडा

साथीन्यूज
२३८ पटक

यू–१९ महिला क्रिकेट खेलाडी नगदसहित सम्मानित गर्दै गण्डकी प्रदेश समाजिक बिकास मन्त्री सुशिला सिंखडाले आफुले जनाएको प्रतिवद्धता पुरा गरेको बताएकी छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा खेलाडीलाइ सम्मान गर्दै मन्त्री सिंखडाले खेलाडीहरुलाई सम्मान गर्दै क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने विषयमा आफूले संसदमा समेत प्रतिवद्धता जनाएको जानकारी दिइन ।

खेलुकदले राष्ट्रको गौरव बढाउने धारण दिदै मानिसको शारिरिक र मानसिक बिकास गर्नको लागि खेलकुद आवस्यक परेको बताइन ।

उनले खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै पोखरा रंगशालामा योगका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जानकारी दिइन् ।

गण्डकी प्रदेश सरकारका मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले उनीहरुलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेश सरकारले करिव १६ महिना अघि घोषणा गरेको रकम खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजारका दरले प्राप्त गरेका हुन् । उनीहरुले प्राप्त गरेको रकम खेलाडीहरुको व्यक्तिगत बैंक खाता मार्फत पठाइएको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताएका छन् ।

उनले भने–“हामीले पहिले नै खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भनेका थियौं तर सरकार परिवर्तन लगायतका कारण ढिलो हुन पुग्यो । हामी खेलाडीहरुको मनोबल उच्च होस भन्नका लागि कामना गर्दछौं । यो सम्मानले खेलाडीहरुलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु ।”

परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद विकास संगै खेलाडीहरुको हितका लागि परिषद संधै साथ रहेको बताए ।

मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनाका कैलालीको धनगढीमा १७ महिना अघि सम्पन्न भएको थियो ।

नगद ५० हजार सहित सम्मानित हुने खेलाडीहरुमा अन्जली विश्वकर्मा,, सिमाना के‍‍.सी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थाप एलिशा लामिछाने रहेका छन् ।

प्रतिकृया दिनुहोस्