साथीन्यूज संवाददाता
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा हराउँदै सोझै विश्वकप छनोटमा प्रवेश गरेको छ । योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ । जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । अध्यारो हुन लागेपछि ९ब्याक लाइट० कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो ।
नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे । गुलशनले ४२ औं ओभरमा गुलशन झाले मोहम्मद वासिमलाई तीन चौका र एक छक्का प्रहार गरे । भीम सार्र्कीले ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । कुशल मल्ल ५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १६ रनमा क्याच आउट भए ।
कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए ।आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए । युएईका जुनैद्ध सिद्दिकले १० ओभरमा ५१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आयान अफजल खानले ७ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । जाहोर खानले एक विकेट लिए ।

त्यसअघि त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा ९टियु० मा टस जितेर ब्याटिङ थालेको युइईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रनको विशाल योगफल बनाउन सफल रह्यो । युएईको जितमा असिफ खानले १ सय १ रनको शतकिय योगदान दिदैँ अविजित रहे । उनले ४२ बलमा ४ चौका ११ छक्का प्रहार गरे । उनले सबैभन्दा छिटो शतक बनाउने खोलाडीमा नाम समेत लेखाउन सफल भए ।कप्तान तथा ओपनर मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्का सहित ६३ रन बनाए । आर्यन लाक्रा ६ रनमा आउट भए । उनले ६ बलमा १ चौका प्रहार गरे ।
भिर्तिया अर्विन्द १३८ बलमा ८ चौका २ छक्का सहित ९४ रनको योगदान दिए । चुनदाङपोयल रिजवान ७ रनमा रनआउट भए । आयान अफजल खान ३ रनमा आउट भए । रोहन मुस्तफा ३२ रनमा ३ चौका प्रहार गर्दै २० रन बनाए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए ललित राजवंशी, सन्दिप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८ ओभरमा २ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए ललित राजवंशी, सन्दिप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए ।