News Portal

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै

साथीन्यूज
२४५ पटक

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिनुभयो । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ ।

साउन दोस्रो साता भर्ना हुनुभएका नेता गिरिको स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई आईसीयूमा राखेर उपचार जारी राखिएको छ ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आउनुभएका उहाँ फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना हुनुभएको हो । उहाँलाई अहिले निमोनिया पनि देखिएको छ।

प्रतिकृया दिनुहोस्