News Portal

निहारिकालाई भेटेपछि बालेनको आक्रोश: डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने ?

साथीन्यूज
१८२ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले न्याय माग गर्दै आमरण अनशनमा रहेकी कुमारी आमा निहारिका राजपूतलाई भेटेका छन् । आज (शनिबार) टिचिङ अस्पताल पुगेर मेयर साहले निहारिकालाई भेटेका हुन् ।

भेटपछि उनले निहारिकामाथि अत्याचार भएको प्रतिकृया दिएका छन् । भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् ।

‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने रु यो अति हो । यो अत्याचार हो । कानूनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन’, उनले फेसबुकमा लेखेका छन् ।

न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गरेकी थिईन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी थिईन् ।

राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्नबाट जोगाएको थियो । उनी अहिले टिचिङ अस्पतालमा छिन् ।

प्रतिकृया दिनुहोस्