साथीन्यूज संवाददाता
पोखरा — पोखरा महानगरपालिकामा मतगणनाका लागि सर्वदलीय छलफल चलिरहेको छ । पार्दीस्थित निर्वाचन आयोगको कार्यालयमा दल र स्वतन्त्र उम्मेदवारका प्रतिनिधि उपस्थित छन् ।
निर्वाचन आयोगले महानगरको मतगणना जिल्ला समन्वय समिति र उपत्यका नगर विकास समितिको हलमा गर्दै छ । सर्वदलीय बैठक सकिने वित्तिकै मतगणना सुरू हुने आयोग कास्कीका सूचना अधिकारी रूद्र न्यौपानेले बताए । उनका अनुसार एकपल्टमा ८ वटा वडाका मतपेटिका खोलेर गणना गरिने छ ।