News Portal

१३ स्थानीय तहमा मतगणना जारी : ९ वटामा कांग्रेसको अग्रता, एमाले पछ्याउँदै

साथीन्यूज
४०४ पटक

काठमाडौँ । स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम सुरु भएको छ । हालसम्म मत परिणाम आइरहेका १३ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने ४ वटामा एमालेको अग्रता छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा ११ सय ७२ मतका साथ कांग्रेका खिलध्वज पन्थीले अग्रता लिँदा एमालेका राजेन्द्र पाण्डेले ९२२ मत पाएका छन् । नुवाकोटको विदुर नगरपालिका कांग्रेसका राजन श्रेष्ठले झिनो मतले अग्रता लिएका छन् भने नुवाकोटको म्यागङमा कांग्रेसकी आसा तामाङले ९३ मतका साथ अग्रता लिएका छन् भने तार्केश्वरमा शिव अधिकारीले अग्रता कायम गरेका छन् ।

मध्यपुर थिमीमा कांग्रेसका सुन्दर श्रेष्ठले २१७ मत लिएर अग्रता कायम गर्दा लोमाङथाङमा टसि गुरूङले २०२ मत लिएर अग्रता कायम गरेका छन् ।

त्यस्तै गंगालेव गाउँपालिकामा हरीबहादुर पुन, गुल्मीदरबार गाउँपालिकामा सरोजकुमार थापा र दुँहुँ गाउँपालिका दार्चुलामा पुलेन्द्रबहादुर कार्कीले सुरूवाती अग्रता कायम गरेका छन् ।

एमालेले घरपझोङ गाउँपालिका, लो(घोकर दामोदरकुण्ड गाउँपालिका, नाशोङ गाउँपालिका र मनाङ डिसेङ गाउँपालिकामा सुरूवातदेखिको अग्रता कायम गरेको छ ।

प्रतिकृया दिनुहोस्