News Portal

बौद्ध तामाङ आमा समूहले उम्मेदवार राजुलाई स्वागत गर्दै आफ्ना समस्या सुनाए

साथीन्यूज
२२९ पटक

पोखर १८ लामा गाउँको बौद्ध तामाङ आमा समूहले माओवादी केन्द्रका उम्मेदवार राजु शर्मा तिमिल्सिना सहित उनको प्यानलाई स्वागत गरेको छ ।
माओवादी केन्द्र पोखरा १८ को आयोजनामा भएको घरदैलो गर्ने क्रममा तिमिल्सिनालाई खादा माला लगाएर स्वागत गरेका हुन ।

बौद्ध तामाङ समूहको अध्यक्ष अमृता तामाङ स्वागत गदै नयाँ गाउँमा नगरबस संचालन, खानेपानीको समस्या र भुमी बिहिनको अव्यवस्थीत बसोबास रहेको र यस्ता समस्याको समाधानको लागि अनुरोध गरेकी थिइन् ।
नयाँ गाउँको विकासको लागि विगतको सरकारको सहयोग नगरेको र पुराना नेतालाई भोट हालेर आफुहरुले गल्ती गरेको गुनासो गरिन ।
लाजपुर्जा, बाटोको समस्याको बारेमा बौद्ध तामाङ आमा समूहको सचिव चन्द्रा तामाङले सुनाइन । उनले यस्ता समस्याको समाधान गर्न राजुले नै चुनाव जित्नुपर्ने धारणा राखिन ।
तामाङले राजुले मेथलाङमा गरेको विकास देखाउदै जनताको आवाज बोल्ने नेता भनेर राजु चिनिएको सुनाइन ।

 

वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले स्वागत गरेकोमा धन्यवाद दिदै नयाँ गाउँमा पानीको समस्या समाधान गर्न १ घर १ धारा बनाउने योजना सुनाए ।
भुमी विहिनको लालपुर्जा समस्याको बारेमा आफु विज्ञ रहेको सुनाउदै तिमिल्सिनाले व्यवस्थीत बसोबासको लागि आफुले बनाएको योजना सुनाउदै चुनावमा विजयी नभए यस्ता समस्या सधै रहने दावी गरे ।

‘सुकुटी खान आउने ठाउँ मात्र हैन तामाङको संस्कृत हेर्न आउने ठाउँको रुपमा पनि बिकास गर्ने छौँ,‘ उनले भने,‘ मैैले जितेपछी बौद्ध तामाङ आमा समूह देखी घुम्ती आमा समूह सम्मको बाटो निर्माण मेरो नेतृत्वमा नै हुन्छ ।’ बौद्ध तामाङ आमा समूहमा ३९ जना आवद्ध रहेका छन् । उक्त समाजले विगत देखी सामाजिक काम गर्दै आएको छ ।

पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मातिमिल्सिनाको उम्मेदवारी रहेको छ । भने खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुम बहादर पुन, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीको उम्मेदवारी रहेको छ ।

प्रतिकृया दिनुहोस्