News Portal

एमालेले जितेको वडामा हरीवीजोग पानी पनि पाएनौ भन्दै स्थानिय भिडियो सहीत

साथीन्यूज संवाददाता
४०० पटक

सरकारले १८ को अन्य ठाउँमा जती ग्यारजातीको बासिन्दाले स्थानिय सरकारको अनुभव गर्न नपाएको गुनासो गरेका छन् । घरदैलेको क्रममा सरकारले अन्य ठाउँमा विकासको विभिन्न योजनाको काम अघि बढाएको तर ग्यारजातीमा काम नबढाएको गुनासो गरेको छन् । स्थानिय मिन बहादुुर थापाले सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरे । ‘पोखराको महत्वपुर्ण ठाउँ भयो तर बिकास भएन,‘थापाले भने,‘पानी अन्य ठाउँमा ल्याइयो तर हाम्रोमा आएन ।’ स्थानिय सरकारले पानीको लागि काम गरेको जस्तो गरेको तर मन लागेर काम नगरेको थापाको आरोप छ ।

 

स्थानिय हिमकला थापाले उक्त स्थानमा पानीको समस्या रहेको भन्दैै अहिलेसम्म सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरिन । उनले ग्यारजातीलाई स्थानिय सरकारले हेला गरेको धारणा राखिन । स्थानिय शिव तिमिल्सिनाले पनि सरकारले ध्यान दिएर काम नगरेको कारण नै घरमा पानी आउन नसकोकोदावी गरिन । उनले योजना भएका उम्मेदवर जो आए उसैलाई सहयोग गर्ने सुनाइन ।

घरदैलोको क्रममा गएका माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले वडाबासीको गुनासो बुझ्दै हिडेका थिए । उनले शिक्षा, स्वास्थ्य रोजगारीको क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्ने योजना सुनाए ।

तिमिल्सिनाले ग्याजतीमा पानी बत्ति, बाटो ल्याउने योजना रहेको सुनाउदै आफ्नो टिमलाई मतदान गर्न अनुरोध गरेका छन् ।
पोखरा १८ ग्यारजातीको टापु रिसोटबाट सुरु भएको घरदैलो काक्रर्याम जैसिथर, दोपरे, टापु, सिङनारा, गौरी, बासुधार डाडाँमा पुगेर समापन भएको थियो । माओवादी केन्द्रको तर्फबाट वडा अध्यायक्षमा राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी रहेको छ । खुल्ला सदस्यमा होमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी दलित महिला सदस्यमा साहारा नेपालीको उम्मेदवारी रहेको छ ।

प्रतिकृया दिनुहोस्