News Portal

स्वतन्त्र हुँ पार्टी भन्दा कम्जोर छैन : गुरुङ

साथीन्यूज संवाददाता
४२३ पटक

पोखरा । पोखरा महानगरपालिका वडा २० मा वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार तोरण बहादुर गुरुङले स्वतन्त्र उम्मेदवार भएपनि कम्जोर नभएको दावी गरेको छन् ।

‘मलाइ साथ दिने हजारौ वडाबासी छन्, गुरुङले भने,‘यो मलाइ पक्कै लाग्छ यो चुनावमा मैले बिजयी हांसिल गर्छु ।’ नेपाली कांग्रेसमा ३२ वर्ष काम सम्म रहेपनि पार्टीले न्याय नदिएको उनको भनाइ छ ।

नेताले काग्रेसका तल्लो तहका कार्यकर्ताको आवज नसुन्ने आफ्नो मनोपोली गर्ने, आफ्नो नजिकको मान्छेलाई मात्र अगाडी बढाउन खोज्ने यो थिति भएको कारण आफुले उम्मेदवारी दिएको उनले बताए ।

कांग्रेसमा मात्रै नभएर पछिल्लो समयमा अन्य पार्टीमा पनि यस्तो खालको बिद्रोह स्थिति रहेको बताए । त्यस्तै प्रवितिको सिकार आफु भएको गुरुङको दावी छ । सोही प्रवितिको विरुद्धमा आफु रहेर उम्मेदवारी रहेको जानकारी दिए । ‘गलतको विरुद्धमा उभिनु पर्छ,‘उनले भने,‘शिक्षक पनि हुँ । सामाजिक अभियान्ता पनि हुँ कार्याकर्ता पनि हुँ ।’

मानिसलाई गलतको विरुद्धमा आवाज उठाउनु पर्छ भन्ने सन्देशको लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए । आफ्नो लडाइ कसै प्रतिको रिसले नलडेको र सिद्धान्तको, आदर्शको र नैतिकताको उनले बताए ।

स्वतन्त्र उम्मेदवारको रुपमा खरायो चुनाव चिन्ह लिएर उभिएको जानकारी दिदै भलाम, मौजा बासी आम नागरिकले अत्याधिक बहुमतले विजयी गराउनु अनुरोध गरे ।
गुरुङले कृषि, रोजगार सिर्जना, होमस्टे तथा पर्यटनलाई अघि बढाई स्थानिय तवर बाट स्वरोजगार सिर्जना, खेति योग्य क्षेत्रमा कृषि सडकमा जोड्ने, राष्ट्रिय स्तरबाट सहुलियत दरमा कृषि सामग्रीहरु उपलब्ध गराउने योजना रहेको सुनाए ।

धार्मिक क्षेत्र विकासमा जोड दिन, हरिहर गुफाको स्तरोन्नति गर्ने, पर्यटन बढाउने, लोप हुँदै गएको चाडवाड र संस्कृतिको पहिचान गरि यसको विकासमा जोड दिने, टोल विकास संस्थालाई पुन सङ्गठित गरि अझ सशक्त ढंगले अगाडी बढाउने लगायतका योजना रहेको सुनाए ।

(डक्टर इन्जिनियर, शिक्षक, प्राध्यापक कृषक, समाज सेवी) सबैको बिचारलाई मथेर पञ्च बर्षिय योजना, पञ्च बर्षीय योजना सुरु गरेर त्यो अनुसार महानागरको बजेट, प्रदेशको बजेट र केन्द्रीय बजेटहरुलाइ विविध तरिकाले विभिन्न तरिकाले परिचालन गर्ने सडकलाई सडक उन्नतिको लागि विशेस जोड दिने योजना रहेको सुनाए ।

वडा २० लाइ ५० औं वर्ष सम्मका लागि खानेपानीको सुबिस्ता बनाउने, उच्च भागमा उच्च स्थान कै मुहानहरुको प्रयोग गर्ने, पानीको दिर्घकालिन समस्या वाटर लिफ़्टिङ्ग गर्ने, लगायतका शिक्षा स्वाथ्य लगायतका कार्याक्रम रहेको छ ।

खोर, रयालेचौर, पिपलटारी, सदरडाँडा, अधिकारी डाँडा, घारी अम्बडे, नाजिम, सुबेडी लगाएतका गाउँमा उनले प्रचार प्रसारको लागि घरदैलोको काार्याक्रम गरेका छन् ।

प्रतिकृया दिनुहोस्