News Portal

पोखरा १८ का जनताकोलागि राजुको उम्मेदवारी सौभाग्य

साथीन्यूज संवाददाता
४६१ पटक
पोखरा १८ का जनताकोलागि राजुको उम्मेदवारी सौभाग्य पोखरा । पोखरा १८ को विकासका लागि राजु शर्मा तिमिल्सिना हुनु नै सौभाग्य रहेको नेकपा माओवादी केन्द्रका कास्की जिल्ला अध्यक्ष अध्यक्ष बखान सिंह तमुले दावी गरेको छन् । पोखरा १८ भञ्जाङमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गदै तमुले पोखरा १८ को विकास गर्न तिमिल्सिना भन्दा अरु पात्र नरहेको बताए । इमान्दार, बिकास प्रेमी नेता भएको कारण पार्टी भन्दा माथी उठेर तिमिल्सिनालाई भोट गर्नुपर्ने बताए । चुनाबको समयमा पार्टी भन्दा व्यक्ति हेर्नुपर्ने उनको भनाइ छ । केपी ओलीको प्रतिगमा विरुद्ध आफुहरु उठेको जानकारी दिदै जनताको सेवा समर्पित गर्नुपर्ने ठाउँमा संसद भङ्ग गरेको बताए ।
२०७४ सालका जनप्रतिनिधि आफ्नो स्वार्थको लागि सत्ता प्रयोग भएको र यस्ता विषय जनताले बुझ्नुपर्ने बताए । २०७४ सालमा नेपाल र गण्डकी प्रदेशमा नै माओवादीले बिजय हासिल गरेको पालिका उत्कृष्ट पालिका बनेको दावी गरे । तिमिल्सिना जस्ता खारिएको उम्मेदवारलाई जनताले काम गर्ने अवसर दिनुपर्ने बताए । पोखरामा एमाले चुनावमा भए पनि एकजुट नभएको उनको दावी छ । वास्तविक संघियताको मर्म माओवादीले मात्र बुझ्न सक्ने तमुले बताए । माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमल्सिना माओवादीलाइ भोट हाल्नका लागि मतदाता शिक्षाको आवस्यक रहेको औंल्याए । माओवादीको सरकार नभएको कारण संविधानमा लेखेको अधिकार अहिलेसम्म गाउँ गाउँमा नपुगेको बताए । अधिकार गाउँ गाउँमा लैजान माओवादी केन्द्रको स्थानिय सरकार हुनुपर्ने उनको भनाइ छ । माओवादीले जित्दैन कि भन्ने भ्रमणमा नबस्न र जित्ने निश्चित भएको तिमिल्सिनाले दावी गरे ।
सामन्तले जिते दलित दलित नै भएर बाच्नुपपर्ने र दुखी खुखी नै भएर बाच्नुपर्ने बाध्यता हुने सुनाए । संक्रमण आर्मी, पुलिसले लखेठ्दा पोखरा १८ का बासिन्दाले घरमा गोठमा लुकाएर बचाएको खाना खुवाएको बताए । पोखरा १८ का माओवदी केन्द्र उपाध्यक्ष नारन तिमिल्सिना जनताले टोल टोलमा परिवर्तन चाहेको उनको सुनाए । घरदौलेमा क्रममा स्थानियले तिमिल्सिानाको नितको निश्चत रहेको दुर्गादत्त तिमिल्सिना बताए । वडा अध्यक्षको रुपमा तिमिल्सिनालाई स्वागत गर्न आतुर रहेको दुर्गादत्तले सुनाए । पोखरा १८ सुन्दर पोखरीबाट सुरु भएको प्रचार प्रसार कार्याक्रम सिमताल, तोरीपानी, हुदै अरर्जामा पुगेर समापन भएको थियो ।
प्रतिकृया दिनुहोस्