News Portal

मतदाताको घरदैलोमा पोखरा १ का माओवादी उम्मेद्वार

साथीन्यूज संवाददाता
३८९ पटक

नेकपा ( माओवादी केन्द्र) ले पोखरा महानगरपालिका वडा न.१ मा घरदैलौँ कार्यक्रमलाई तिब्र गतिमा अगाडी बढाएको छ । शान्ति टोल देखि कस्केरी सम्म गरिएको कार्यक्रममा गंगा पोख्ररेल ,बखान सिंग गुरुङ ,हरिनारायण गिरि ,बालकृष्ण कोइराला ,तिलक कोइराला ,डिल्लीराम अधिकारी, राम अधिकारी , मनिष तामाङ र वडा न १ का वडा अध्यक्षका उम्मेदार भानु भक्त अधिकारी लगायत दर्जनौँ नेता तथा टोलवासिले सहभागिता जनाएका थिए।

घरदैलोको क्रममा बोल्दै अध्यक्षका उम्मेद्वार भानुभक्त अधिकारीले विगत ५ बर्षसम्म जनताले चाहेको कुरा पुरा गर्न असफल भएको नेक्तृत्वलाई पाखा लगाउदैँ जनताका ईच्छा चाहाना र भावनालाई बुझ्दै काम गर्ने पार्टी माओवादी केन्द्र भएकाले सम्पूर्ण प्यानललाई नै बिजय गराउनका लागि गोलाकार भित्र रहेको हसियाँ हतौँडामा मतदान गर्न जनसमुदायलाई अनुरोध गर्नुभयो । बोल्ने क्रममा ब्यबस्था बदल्यौँ अब अबस्था बदल्नको निम्ति माओवादी केन्द्रको बिकल्प कोहि नरहेको समेत बताउनुभयो।
ने.क.पा. ( माओवादी केन्द्र)पोखरा महानगरपालिका १ मा वडा अध्यक्ष पदमाभानुभक्त अधिकारी,खुल्ला सदस्य पदमा रूद्र प्रसाद लुईटेल ,खुल्ला सदस्य पदमा धन बहादुर तामाङ,
महिला सदस्य पदमा मिना कोइराला र महिला दलित सदस्य पदमा कल्पना दमाई चुनावि मैदानमा उत्रिनुभएको छ।

प्रतिकृया दिनुहोस्