News Portal

पोखरा १८ मा २०४९ का जनप्रतिधी र काँग्रेस इकाई अध्यक्ष माओवादीमा प्रवेश

साथीन्यूज
४६९ पटक

पोखरा । पोखरा महानगरपालिका १८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिधी र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् ।

४९ सालकी जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीको जनप्रतिधीको उम्मेदवार भएर दलितको अधिकार र जताको अधिकार दिलाई दिनुपर्ने बताइन । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताइन ।

नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिना माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा लागेको भन्दै दुख पोखे । आगामी दिनमा माओवादीमा नै रहने भन्दै वडामा रहेका माओवादीका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

उक्त प्रचार प्रसारलाई सम्बोधन गर्दै पोखरा १८ मा

माओवादी केन्द्रकाबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको जानकारी दिए । उनले माओवादी पार्टी नभइ जनताको साथी रहेको धारणा राखे । माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिन परेको उनले सुनाए ।

पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए । पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत १५ जनाले पार्टीमा प्रवेश गरोका छन् ।

पोखरा १८ गोठादीका हेम बहादुर थापा २०४९ हुन । थापालेपनि पोखरा १८ मा माओवादीको जित सुनिश्चित रहेको बताए । पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिएका छन् ।

ज्यारजतीबाट सुरु भएको गोठादी, सिलङ्गाको बोट, शिव भङ्जाङ, वडा कार्यालय हरेडाडाँ, ढकालथर, पदेली हुँदै सौदाको चौतारम पुगेर प्रचार प्रसारको कार्याक्रम समापन भएको थियो ।

प्रतिकृया दिनुहोस्