पोखरा । मादी गाउँपालिकमा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो सुरु गरेका छ । गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान लिएर मादी ४ तारकाङ, ध्रुवचोक, डाँडाथोक, मजुवा मादी ५, चित्रे, मगर गाउँ पुगेका छन् । साथै, मादी ३ याङ्जाकोट घर भई पोखरा बस्नु भएका चेलिबेटीहरुसँग साक्षात्कार र गठबन्धन समुहले प्रतिबद्धता व्यक्त गरेको छ ।
साझा गठबन्धनका उम्मेद्वारहरु अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट देवी जंग गुरुङ र उपाध्यक्ष पदका लागि माओवादी केन्द्रबाट लालबहादुर गुरुङ उम्मेद्वार छन् । गठबन्धनका साझा उम्मेद्वारहरु भोट माग्दै जनताको घरदैलोमा पुगेको नेपाली कांग्रेस कास्की एकका सचिव सरोज केसीले जानकारी दिए ।
अध्यक्ष पदका उम्मेद्वार देवी जंग गुरुङले मादीका विकासका लागि आफूले उम्मेद्वारी दिएको बताए । मादीको समुन्नत विकासको लागि गठबन्धनका साझा उम्मेद्वाहरुलाई जिताउन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले कालो धन र गुण्डागर्दीको आधारमा मादी कब्जा गर्ने सपना नदेख्न विपक्षीलाई चेतावनी दिदै सुशासन, भ्रष्टाचाररहित सभ्य मादी बनाउन गठबन्धनलाई जिताउन आग्रह गरे । मादीलाई विकासमा फड्को मार्न आफूहरुले चुनाव जित्नु पर्ने बताए । मादीको विकासका लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन समेत उनले आग्रह गरे ।
समुन्नत मादीको आधार ः पर्यटन, कृषि र पूर्वाधार, सफल अर्थतन्त्रको आधार भन्ने नारा बोकेर गठबन्धनले घरदैलो अभियान थालेको छ । सोमबार पोखरा १२ शितलादेवीस्थित सम्पर्क कार्यालयको साढे ६ बजे उद्घाटन कार्यक्रम राखिएको नेपाली कांग्रेसका नेता जनक सापकोटाले जानकारी दिए । कार्यालय उद्घाटनपछि घरदैलो कार्यक्रमका लागि मादी १२ मा पुग्ने उनले बताए ।