News Portal

सडकमा तरकारी बिनाको खाना पकाउदै केराको पातमा खादै विद्यार्थी (भिडियो सहीत)

साथीन्यूज
४२६ पटक

पोखरा – पोखरामा विद्यार्थी संगठनहरुले सडकमै भात पकाइ निस्तै खाएका छन् । देशमा मुल्य वृद्धि चरम रुपमा बढेको भन्दै संयुक्त विद्यार्थी संगठनले आन्दोलन स्वरुप सडकमा निस्तो भात खाएका हुन् ।

उनीहरुले जनताले अब निस्तो भात खानु बाहेकको विकल्प नरहेको भन्दै आन्दोलन गरेका हुन् । पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास सहित दैनिक उपभोग्य सामानमा समेत चरम मुल्य वृद्धि भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु लागयतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलन गरेका हुन् ।उनीहरुले सडकमा भात पकाइ निस्तै खाएका थिए । तत्काल मुल्य वृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी समेत गरेका छन् ।
नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति गौरव बरालले सरकारले मुल्य वृद्धि नघटाए थप आन्दोलनमा जाने बताए । भिडियो सहीत

प्रतिकृया दिनुहोस्