News Portal

नयाँ पार्टी बनाउने माधव नेपालकाे घाेषणा

साथीन्यूज संवाददाता
६२३ पटक

देशको सबै भन्दा ठुलो पार्टी नेकपा एमाले विभाजन हुने भएको छ । एमाले पार्टीका बरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।

आफू पक्षीय जन वर्गीय संठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले नयाँ पार्टी बनाउने घोषणा गरेका हुन्। उनले ओलीले आफूसहित १४ जनालाई पार्टीबाट हटाउन गरेको निर्णयले केही फरक नपार्ने बताउँदै नयाँ पार्टी बनाउने बताएका हुन्।

नेपाललाई पार्टी बनाउन मिल्ने गरी सरकारले अध्यादेश जारी गरिसकेको छ । अध्यादेश जारी नभएको अवस्थामा एमाले विभाजन गर्न नसक्ने अवस्थामा पुगेका नेपाले प्रधानमन्त्री देउवालाई आग्रह गरेरै अध्यादेश जारी गराएको चर्चा छ ।

आफ्ना कार्यकर्तालाई नेपालले भनेका छन्, ‘अब पार्टी पुनःगठन गरिनेछ। आन्दोलन जगाइने छ। लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ। अब सबै पार्टीसँग सहकार्य गर्ने छौँ।

उनले एमाले अध्यक्ष ओली सच्चिए आगामी निर्बाचनमा मिलेर चुनाब लड्न सक्ने योजना समेत कार्यकर्तालाई सुनाए ।

प्रतिकृया दिनुहोस्