साथीन्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व विशेष सुरक्षा योजना २०७७ सार्वजनिक गरेको छ । चाडवाडका बेलामा हुन सक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्ने उद्देश्यले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरिएको कास्कीका प्रहरी प्रमुख एसपि जिवन कुमार श्रेष्ठले जनाकारी दिए ।
उक्त योजना अनुसार प्रहरीले कमाण्ड पोष्ट डिउटी, सिआरभी डिउटी, पिकेट डिउटी, ग्रामिण गस्टि डिउटी, राजमार्ग गस्ति, मोवाईल गस्ति, मोटरसाईकल गस्ति, पोखरा महानगरपालिका एरियामा पैदल गस्ति लगायतका कार्यहरु गर्नेछ । यस्तै एम्बुस चेकिङ्ग, भिगरस चेकिङ्ग, बजार अनुगमन डिउटी, क्युआरटि डिउटी, राजमार्गमा क्रस पेट्रोलिङ, विभिन्न धार्मीक तथा पर्यटकिय स्थलको सुरक्षा र सादा पोशाकमा सुचना संकलन, चोरी तथा अपराध नियन्त्रण लगायतका कार्यहरु प्रहरीले गर्नेछ ।