News Portal

पोखरा ३० मा पुरुषको शव फेला

साथीन्यूज संवाददाता
३७० पटक

कास्की पुष २३ : पोखरा ३० मा पुरुषको शव फेला परेको छ।

पुष २२ गते अन्दाजी ३ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालीका-३० ढुङ्गेपाटन स्थित बञ्जारी चौतारा नजिकै मानिस नबस्ने पुरानो घर पछाडी रहेको टिनले छाएको कटेरो भित्र तनहुँ जिल्ला भानु नगरपालिका-३ च्यामवास बस्ने ३८ वर्षको दिपक गुरुङ मृत अवस्थामा भेटिएको छ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनु भयो।

प्रतिकृया दिनुहोस्