साथीन्यूज
रौतहट । रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादब विजयी भएका छन् । यादबले ७ हजार ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । सिंह निवर्तमान नगरप्रमुख हुन् । सिंंहलाई यस पटक निर्वाचनमा मत माग्ने क्रममा घरदैलो गर्न जाँदा राजदेवी १ पथरामा स्थानीयले दुव्र्यबहार गरेका थिए । उनको कार्यकाल पनि विवादित बन्यो ।
उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादबले ३ हजार १४९ मत प्राप्त गरिन् । उक्त नगरपालिकाको ९ वडा मध्ये १ र ९ मा कांग्रेस र ७ वटामा समाजवादीका उम्मेदवा वडाध्यक्षमा विजयी भए